२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–६ का २६ वर्षीय प्रमोद श्रेष्ठलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज ३१ गते तुलसीपुर उपमनपा–१३ दमारगाउँ जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले आरोपितलाई सल्यान जिल्लाको लुहामबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।