INSEC Online

📅 २०८३ जेष्ठ २२

आर्थिक हिंसाका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै दुरुत्साहनको उजुरी दर्ता

राजविराज नगरपालिका–२ की २४ वर्षीया रुबी साफीलाई उहाँका ससुरा ५५ वर्षीय राजकुमार साफी, सासु ५० वर्षीया मोहिनीदेवी साफी र देवर २७ वर्षीया साजन साफीले दुरुत्साहन गरी आत्महत्या गर्न बाध्य पारेको भन्दै पीडितका बुबा सप्तकोशी नगरपालिका–८ ओद्राहाका ५७ वर्षीय रामकृष्ण साफीले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ८ गते उजुरी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गरी जिल्ला अदालतबाट पक्राउको अनुमति समेत प्राप्त भएको डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भएको छ ।

रुबीका पति गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत फार्मेसी सहायक राजन साफीको कोभिड–१९ का कारण ०७७ कात्तिक १९ गते मृत्यु भएपछि सरकारबाट क्षतिपूर्तिस्वरुप राष्ट्रिय बाणिज्य बैङ्कमा जम्मा भएको २५ लाख रुपियाँ र बिमाबापतको जनमुखी सहकारी संस्थामा जम्मा भएको १२ लाख रुपियाँ हात पार्न आरोपितहरुले रुबीलाई निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएकोले आत्महत्या गर्न बाध्य भएको रामकृष्णले आरोप लगाउनु भएको छ ।

शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज १९ गते गरिएको छ । आरोपितहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो