३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उप–महानगरपालिका–१ का २२ वर्षीय राघव गुरूङ विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा कात्तिक ६ गते उजुरी दिएको छ ।
पीडितलाई आरोपितले कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको पीडितका आफन्तले बताए ।
घटना लगत्तै आरोपित फरार भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ६ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।