INSEC Online

📅 २०८३ श्रावण २

प्रहरी हिरासतमा एक जनाको मृत्यु

इलाका प्रहरी कार्यालय, टिकापुरको हिरासतमा राखिएका सुर्खेत जिल्ला चौकुने गाउँपालिका–३ का ३५ वर्षीय धनबहादुर राणा असोज २५ गते हिरासतको शौचालयमा मृत फेला परेका छन् ।

जानकी गाउँपालिका–१ का पुलुराम चौधरीको भैसी चोरेको आरोपमा अनुसन्धानका क्रममा राखिएका राणा हिरासतको शौचालयमा रहेको  भेण्टीलेटरमा गन्जीको पासो लगाई झुण्डिएको अवस्था फेला परेका हुन् ।

चोरीको आरोप लागेपछि असोज २४ गते गिरफ्तार गरी अनुसन्धानका क्रममा राणालाई हिरासतमा राखिएको अवस्थामा शौचालयको भेण्टीलेटरमा झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

शवको पोष्टमार्टम असोज २६ गते टिकापुर अस्पतालमा गरी दाह संस्कारका लागि परिवारको जिम्मा लगाइएको डिएसपी सापकोटाले बताउनु भयो ।

अन्य

भिडियो