INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

नुवाकोट जिल्ला बेल्कोटगढी गाउँपालिका–९, नलगाउँ घर भइ ललितपुर महानगरपालिका २६, सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका–८ का २२ वर्षीय सुमन मगरसहित तीन जनालाई असोज २४ गते प्रहरीले गिरप्mतार गरेको छ ।

हत्या गर्न सघाएको आरोपमा मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–५ घर भइ ललितपुर महानगरपालिका–२८, हरिसिद्धि बस्ने २३ वर्षीय सविन प्रजा, सोही ठेगानाकी १८ वर्षीया प्रविना प्रजा माझीलाई पनि अनुसन्धानका लागि गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनले जानकारी दिनु भयो ।

डोरीले झुण्ड्याएर हत्या गरिएको अवस्थामा मृत फेला परेपछि कमलाका पति कृष्णबहादुर तामाङले २५ गते नै महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिनु भएको थियो ।

शवको पोष्टमार्टम भदौ २६ गते पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ । आरोपितहरूले मान्छे पासो लागेर मरेको डोरी महङ्गोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा तीन जनाको समूहले तामाङको ज्यान लिएको बताएको प्रहरीले जनाएको छ ।

डोरी बिक्री गरेर लाखौँ कमाउने लोभमा महिलाको हत्या गरेको बताएको महानगरीय अपराध महाशाखा, बानेश्वरका एसएसपी चन्द्रकुवेर खापुङले बताउनु भयो ।

हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर ‘फरार’ रहेको अवस्थामा आरोपितहरूलाई ललितपुर महानगरपालिका–२८, हरिसिद्धिबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको एसपी प्रज्वल महर्जनले जानकारी दिनु भयो ।

अन्य

भिडियो