INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार

दीपज्योती आधारभूत विद्यालय घोरानेटीका प्रधानाध्यापक तुलसीपुर उप–महानगरपालिका–४ का ५३ वर्षीय टोपबहादुर केसीलाई कुटपिट गरेको आरोपमा प्रहरीले  तुलसीपुर उमनपा–४ का २१ वर्षीय टोपबहादुर पुन र १९ वर्षीय शंकर डाँगीलाई असोज १८ गते गिरफ्तार गरेको छ ।

पीडित केसी कामको सिलसिलामा नयाँबस्ती पुगेर घर फर्कदै गर्दा असोज १६ गते आरोपितद्वयले कुटपिट गरेको भन्दै पीडितले असोज १८ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।

कुटपिटबाट पीडितको बाँया आँखामा चोट लागेको र एउटा दात भाँचिएको पीडितले बताउनु भयो । पीडितको उपचार राप्ती आँखा अस्पताल रक्षाचौरमा र राप्ती प्रादेशिक अस्पतालमा असोज १७ गते गरिएको छ ।

अन्य

भिडियो