INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा दुई वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले घोराही उप–महानगरपालिका–७ का २३ वर्षीय असिम चौधरीलाई असोज १५ गते दुई वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कसुर ठहर गर्दै दुई वर्ष कैद, ५० हजार रुपियाा जरिवाना र पीडितलाई ८ सय क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको जिल्ला अदालतका निमित्त श्रेस्तेदार प्रेमनारायण पराजुलीले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७५ पुस १० गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई पुस १२ गते गिरफ्तार गरी माघ ६ गते जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा चलाएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको थियो ।

अन्य

भिडियो