१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–७ का ३२ वर्षीय बुद्धिबहादुर मगरलाई असोज १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १३ गते इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई असोज १४ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा असोज १४ गते गरिएको छ ।