INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कुसरमा १३ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असोज ११ गते कटारी नगरपालिका–८ सिरिसेका २२ वर्षीय भरत भनिने टिकाराम थापामगरलाई १३ वर्ष कैद र १ लाख रुपियाँ क्षतिपुर्तिको पैmसला सुनाएको छ ।

न्यायाधीश दिपक खनालको इजलासले कसुर गरेको ठहर गर्दै फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

पीडित बालिकालाई मगरले ०७७ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ११ गते दिएको उजुरीका आधारमा प्रहरीले मगरलाई सोही दिन गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

अदालतले चैत ५ गते पुर्पक्षका लागि थुनामा राख्ने र ०७८ असोज ६ गते सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कटारी अस्पतालमा फागुन ११ गते गरिएको थियो ।

अन्य

भिडियो