INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय विवेक चौधरीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज ११ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको र गाउँमै घटना मिलाउने प्रयास गरेकाले उजुरी दिन ढिला भएको पीडित बालिकाकी आमाले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज ११ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालले आरोपित ‘फरार’ रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो