३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१० कात्यायनी चोक डेरा गरी बस्ने मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ घर भएका ३९ वर्षीय निरज शर्मालाई प्रहरीले ०७८ असोज ११ गते राति गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असोज ११ गते दिउँसो घरमा बन्धक बनाएर पत्नी ३८ वर्षीया नितु शर्माको सहयोगमा बलात्कार गरेको भन्दै पीडितले सोही दिन महानगरिय प्रहरी वृत बानेश्वरमा उजुरी दिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी मिनबहादुर लामाले बताउनु भयो ।
घटनामा संलग्न रहेको आधारमा आरोपितकी पत्नी नितु शर्मालाई पनि गिरफ्तार गरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी लामाले बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्रसूति गृह थापाथलीमा ०७८ असोज १२ गते गरिएको छ ।