INSEC Online

📅 २०८३ जेष्ठ २१

बुढीगण्डकी आयोजना प्राभावित क्षेत्रका बासिन्दाद्वारा प्रदर्शन

बुढीगण्डकी जलविद्युत आयोजना तत्काल निर्माण अघि बढाउन माग गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाद्वारा काठमाडौँमा सातौँ दिन पनि विरोध प्रदर्शन भएको छ ।

Photo20210926Kathmandu2 बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको व्यानरमा डुवान क्षेत्रका स्थानीय बासिन्दाले असोज १० गते काठमाडौँको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् । बुढीगण्डकी आयोजना नबन्दा आफूहरू सुकुम्बासी हुने खतरा रहेको भन्दै डुवान क्षेत्रका बासिन्दाले आयोजना निर्माण तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् ।

प्रदर्शनलाई सम्बोधन गर्दै बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजना प्रभावित क्षेत्रको जग्गा रोक्का गरी मुआब्जा वितरण पनि शुरु गरिसकेको अवस्थामा देशको लागि महत्वपूर्ण आयोजना नबनाई छाड्दा आयोजनाबाट न्युन मुआब्जा लिएका र डुवान क्षेत्रबाहिर बसोबासको बन्दोबस्त गर्न नसक्नेहरू समस्यामा परेको बताउनु भयो ।

Photo20210926Kathmandu1एक हप्तासम्म धर्ना बस्दा पनि सरकारले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै ढकालले अब सिंहदरबार र बालुवाटार घेराउ गर्ने चेतावनी दिनु भयो ।

अहिलेसम्म घर, गोठ बोटविरुवाको मुआब्जा नदिएको, सुकुम्बासीलाई मापदण्ड बनाएर मुआब्जा दिने भनेर मन्त्रिपरिषदले निर्णय गरे पनि कार्यान्वयन नगरेको, दर्ता छुट भएका जग्गाको मुआब्जा नदिएकाले सडकमा आएको ढकालको भनाइ छ ।

आयोजनाका कारण गोरखा र धदिङ्गका स्थानीय तहका पाँच हजार घरधुरीका साठी हजार जनता प्रत्यक्ष प्रभावित हुने ढकालले जानकारी दिनु भयो ।

प्रदर्शनमा गोरखा र धदिंङ्ग जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा सहभागी भएका थिए ।

अन्य

भिडियो