INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्धारा सहयोग रकम प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले नेपाल अबिनास अनाथाश्रममा विगत तीन वर्षदेखि आश्रय लिदै  आएका मोरङ जिल्ला डाम्राविटाका १५ वर्षीय समिर भुजेललाई पारिवारीक पुनर्मिलनका लागि असोज ९ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

अनाथाश्रमले बालकलाई घरसम्म पठाउनकालागि सहयोग गरिदिन असोज १ गते इन्सेकमा निवेदन दिएपछि  बालकको घर ठेगाना पत्ता लगाउन इन्सेक प्रदेश १ का प्रमुख सोमराजथापासँग समन्वय गरिएको थियो ।

photo2021092501rupandehi

डिसिएको आर्थिक सहयोगमा सञ्चालित परियोजना अन्तरगत गठित मानव अधिकार सहायता कक्षको तर्फबाट इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले  १० हजार रुपियाँ नेपाल अभिनास अनाथाश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीलाई हस्तान्तरण गर्नु भयो ।

अन्य

भिडियो