बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरस्थित चेतना पासाङ्ग टोलमा असोज ४ गते चुरे सामुदायिक वनमा भू–स्खलन भएर पहिरो जाँदा नौ ओटा घर पूर्ण रूपमा र ६ ओटा घरमा आंशिक क्षति भएको छ ।
भू–स्खलनबाट हिलो र लेदोले स्थानीय जनज्योति प्राथमिक विद्यालयमा समेत क्षति पु¥याएको स्थानीयले बताएका छन् ।
असोज ४ गते परेको अविरल वर्षसँगै भू–स्खलन भएर सो क्षेत्रमा पिउने पानी र बिजुली समेत विच्छेद भएको छ ।
सरकारले चुरेबाट खसेको लेदो र ढुङ्गाहरूलाई स्काइभेटरको सहायताले पन्छाइएको छ । विस्थापित भएका परिवारहरु कोही कोठा खोजेर बसेको र कोही आफन्तकोमा बसिरहेको विस्थापित केशरबहादुर कार्की र डोलराज बस्यालले बताउनुभयो ।
विस्थापित भएकाहरूमा गर्भवती तीन जना, ७० वर्षमाथिका ज्येष्ठ नागरिक चार जना र सुस्त श्रवण अपाङ्गता भएका दुई जना रहेको बस्यालले बताउनु भयो ।









