INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला रैनादेवी गाउँपालिका–८ छहरा स्थायी घर भई तिलोत्तमा नपा–६ बस्ने ३० वर्षीय नरबहादुर बस्नेतलाई असोज ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ  ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज ५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको र उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ५ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो