INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली घर भई तुलसीपुर उप–महानगरपालिका–११ बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई असोज १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूले भदौ २७ गते सितलपुरस्थित एक होटेलमा सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा भदौ ३१ गते उजुरी दिएका थिए । घटनामा सङ्लग्न अर्का आरोपित तुलसीपुर उपमनपा– ११ का २३ वर्षीय उमेश विक भने फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

 

अन्य

भिडियो