६ वर्षिया छोरीलाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बुबालाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।
न्यायधीश उमेशप्रसाद लुइटेलको ०७८ भदौ ३१ गते इजलासले आरोपितले गरेको कसुरमा दोषी ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका तहसिलदार मानबहादुर श्रेष्ठले बताउनु भयो ।
अदालतले बलात्कारको कसुरमा २५ वर्ष र हाडनाता करणीमा चार वर्ष ६ महिना कैद सजाय गरेको हो ।
छोरीलाई ०७७ असार ६ गते बलात्कार गरेको भन्दै बालिकाको आमाले पतिविरुद्ध असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
आरोपितलाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण त्रिशूली अस्पतालमा असार ७ गते नै गरिएको थियो ।
आरोपितलाई जिल्ला अदालतले ०७७ साउन १ गते पुर्पक्षको लागि थुनामा पठाएको थियो ।