कमलामाई नगरपालिका–२ भद्रकालीका ८३ वर्षीय लालबहादुर लामाको हत्या गरेको आरोपमा भारतको उत्तर प्रदेश घर भई हाल कमलामाई नगरपालिका–६ माडिबजारमा मागी हिड्ने ३५ वर्षीय अशोककुमार जैसवाल र १८ वर्षीय कृष्ण जैसवाललाई प्रहरीले ०७८ भदौ ३० गते गिरफ्तार गरेको छ ।
पीडित लालबहादुरको शव भदौ ३० गते बिहान कमलामाई नगरपालिका–६ बसपार्क छेउको प्रतिक्षालयमा फेला परेको थियो ।
पीडितका भाइ रामबहादुर लामाले सोही दाजुको हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
सडकमै मागेर दैनिकी चलाउँदै आएका मृतक लालबहादुरको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आरोपित दुवै जनालाई जिल्ला अदालतमा सोही दिन नै पेस गरी पाँच दिनको म्याद थप गरी अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पताल सिन्धुलीमा भदौ ३० गते नै गरिएको र सोही दिन शव आफन्तले बुजेर दाहसत्कार गरेको डिएसपी लामाले जानकारी दिनु भयो ।