५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले भदौ २८ गते गोदावरी नगरपालिको झरुवारासीबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललाई फकाई ०७८ भदौ २५ गते आफ्नै निवासमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।
आरोपितलाई भदौ २८ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २८ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पताल प्रशासनले जनायो ।