३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–९ का ५२ वर्षीय श्यामकुमार मगरलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ २३ गते गरिएको छ ।