INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटना आरोपित विरूद्ध उजुरी

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले मायादेवी गाउँपालिका–५ मङ्गलपुरका ३० वर्षीय विनोद मल्लाह विरूद्ध इलाका प्रहरी कार्यालय मर्चवारमा भदौ  २१ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले भदौ ४ गते बलात्कार प्रयास गरेको भनदै पीडितपक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अमृत भण्डारीले बताउनु भयो । डिएसपी भण्डारीका अनुसार आरोपित फरार रहेकोले खाजी कार्य भइरहेको छ ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ५ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो