१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भानु नगरपालिका–९ का २७ वर्षीय श्रवणकुमार श्रेष्ठलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको भदौ १८ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई सात वर्ष कैद र ६० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताउनुभयो ।
पीडितलाई आरोपितले ०७६ फागुन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा तनहुँमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई चैत ३ गते गिरफ्तार गरेको थियो ।
आरोपित जिल्ला अदालत तनहुँकाे आदेशले ०७६ चैत ३० गतेदेखि पुर्पक्षको लागि थुनामा थिए ।