रास्कोट नगरपालिका–१ का २८ वर्षीया पत्नी सारदा शाहीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले ३० वर्षीय धनबहादुर शाहीलाई भदौ १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई भदौ १३ गते कुटपिट गरी घर निकाला गरेको भन्दै पीडितले भदौ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
कुटपिटबाट छाति र ढाडमा चोट लागेर घाइते भएकी पीडित महिलाको उपचार जेठ १५ गतेबाट जिल्ला अस्पतालमा भइरहेको डाक्टर रत्नविर सुनारले बताउनु भयो ।
आरोपितले रूकुम पश्चिमको आठविसकोट नपा–१ की २६ वर्षीया सुशीला शाहसँग बहु विवाह गरेपछि आफूलाई कुटपिट गरी घर निकाला गरेको पीडितको भनाइ छ ।