INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्टरमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका  ५२ वर्षीय डा.बिनोद सिंहलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले  अनेरास्ववियु दाङका संयोजक २७ वर्षीय सर्जन परियार, सह संयोजक २६ वर्षीय दिवस क्षेत्रीलाई भदौ १५ गते र सदस्य २४ वर्षीय डिल्ली डाँगीलाई भदौ १४ गते गिरफ्तार गरेको छ ।

डाक्टर सिंहलाई आरोपितहरूको समूहले भदौ ११ गते कार्यकक्षमै गएर मोसो दलेर दुर्व्यवहार गरेको भन्दै पीडितले भदौ ११ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।

टाईफाईडका बिरामीलाई रक्त कल्चर सेवा नदिएको भन्दै मोसो दलेर भागेपछि चिकित्सक सङ्घ दाङ तथा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरूले आकस्मिक, प्रसूति र डायलोसिस सेवा बाहेक सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

अन्य

भिडियो