INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया सुस्त मनस्थिति भएकी युवतिलाईलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले  शान्तिनगर गाउँपालिका– १ का २० वर्षीय सागर नेपाली र १८ वर्षीय नवराज वलीलाई भदौ १० गते शान्तिनगरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले भदौ ८ गते घर नजिकै जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइहेको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

 

अन्य

भिडियो