INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले सल्यान जिल्ला बागचौर नगरपालिका–६ घर भई तुलसीपुर उप–महानगरपालिका–५ बस्दै आएका ३६ वर्षीय चन्द्रबहादुर चन्द विरूद्ध भदौ ९ गते  इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले भदौ ४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले उजुरी दिएको डिएसपी श्यामु अर्यालले बताउनु भयो । घटनाको अनुसन्धान र आरोपितको खोजी भइरहेको डिएसपी अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो