INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितको घरमा आगजनी

११ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले हर्दौना गाविस-१ का २० वर्षीय सरदाम पठानको घरमा आगजनी गरेका छन् ।

पीडित बालिकालाई फागुन १२ गते बिहान यौन दुर्व्यवहार गरेको भन्दै आक्रोशित आफन्त र गाउँलेले दिउँसो तीन बजेतिर आरोपितको घरमा आगजनी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले घटनास्थलको स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँसको प्रयोग गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

आरोपितलाई आजै गिरफ्तार गरिएको तथा पीडित बालिकाको स्वास्थ परीक्षणका लागि जिल्ला सदरमुकाम ल्याउँदै गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

अन्य

भिडियो