INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३२ महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हरिनगर गाउँपालिका–६ का ४० वर्षीय मेहरमान अञ्सारीलाई भदौ ४ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश टिकेन्द्र दहालको इजलासले कसुर गरेको ठहर गर्दै आठ वर्ष सजायको फैसला गरेको अदालतका मुद्दाका फाँटका नायब सुब्बा सन्तोष मेहताले बताए ।

पीडित महिलालाई आरोपितले ०७७ भदौ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले भदौ १६ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७७ असोज ५ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७७ भदौ १६ गते गरिएको थियो ।

अन्य

भिडियो