४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले तुलसीपुर उप–महानगरपालिका–१ का ३८ वर्षीय बुद्धिराम धिताल जैसीलाई भदौ ४ गते तीन वर्ष ६ महिना कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले भदौ ४ गते तीन वर्ष ६ महिना कैद र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको श्रेष्तेदार धनसिंह गिरीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ असोज ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले कात्तिक १ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई कात्तिक १ गते गिरफ्तार गरी मुद्दा चलाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको थियो ।