१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–७ सुर्यपुराका ३७ वर्षीय सुदेश यादवलाई भदौ ३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले भदौ २ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर प्रकाशबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको कुराकानी बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।