५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटखोला गाउँपालिका–४ गोला ६५ वर्षीय जिम्बा भोटेलाई भदौ १ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गोला बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुभेष अधिकारीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १ गते गरिएको छ ।