१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–४ का ५२ वर्षीय नेत्रबहादुर कुवँरलाई साउन ३२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन ३२ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्सपेक्टर दिवाकर रिजालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।