INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नगरपालिका–६ का २५ वर्षीय राजकुमार थारुलाई साउन २७ गते गाउँबाट गिरफ्तार गरेको छ  ।

पीडितलाई आरोपितले साउन ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय मोतिपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा गाउँमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरि खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते बर्दिया अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो