६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थायी घर भइ खाँदबारी नगरपालिका –४ बस्दै आएका ४० वर्षीय सन्तबहादुर मगरलाई साउन २४ गते गिरफ्तार छ ।
पीडित बालिकालाई आरोपितले साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई पामाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुभेष अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २१ गते गरिएको छ ।