INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–५ बालमन्दिरका ५७ वर्षीय इन्द्रबहादुर राईलाई साउन २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २५ गते गरिएको छ ।

अन्य

भिडियो