१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुबन नगरपालिका–२ बङ्गालीपुरका १९ वर्षीय बिष्णु थारुलाई साउन २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय राजापुरमा साउन २४ गते उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, राजापुरका डिएसपी भरत लामाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते बर्दिया अस्पतालमा गरिएको छ ।