INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा निवारण कोषको सञ्चालकमा इन्सेक सप्तरी प्रतिनिधि

लैङ्गिक हिंसा निवारण कोषको सञ्चालक समितिमा राजविराज नगरपालिकाले इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेललाई मनोनयन गरेको छ ।

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले साउन २४ गते इन्सेक प्रतिनिधि पोखरेललाई बुझाउनु भएको पत्रमा लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७ (दोस्रो संशोधन) नियमावली २०७६ को नियम २ को उपनियम २ खण्ड ग (१) बमोजिम कोषको सञ्चालन तथा व्यवस्थापन गर्ने कामकाजका लागि मनोनयन गरिएको उल्लेख छ ।

राजविराज नगरपालिकाले बनाएको लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) कार्यविधि २०७७ मा प्रमुख प्रशासकीय अधिकृत संयोजक रहेको सात सदस्यीय तत्काल उद्धार र राहत समितिको व्यवस्था छ ।

महिला तथा बालबालिका शाखा प्रमुख सदस्य सचिव रहेको सो समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास शाखा र स्वास्थ्य उपशाखा प्रमुख तथा लैङ्गिक हिंसा निवारणको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका एक जना प्रतिनिधि राखिने प्रावधान छ ।

पीडितहरूलाई तत्काल उद्धार तथा संरक्षण गर्ने, राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने, राहत रकम सदुपयोग भएनभएको अनुगमन गर्ने, लैङ्गिक हिंसा निवारणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, विभिन्न संस्था र निकायबिच समन्वय गर्ने, घटनाको अभिलेख अद्यावधिक गर्ने, कोष बृद्धिका लागि श्रोतको खोजी गर्नेलगायत लैङ्गिक हिंसा निवारणसम्बन्धी अन्य काम गर्ने, गराउने समितिको काम तोकिएको छ ।

अन्य

भिडियो