६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई फागुन १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ९ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्याल्य पिपरामा पीडित बालिकाका अभिभावकले उजुरी दिएपछि सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपित बालकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका डिएसपी प्रल्हाद अधिकारीले जानकारी दिए ।
गाउँलेले सो घटना लुकाउन खोजेपनि पीडितका आफन्तले प्रहरीमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय पिपराले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरेको डिएसपी अधिकारीले बताए ।
फागुन महिनामा कपिलवस्तुमा लगातार तीन वटा बलत्कारका घटना सार्वजनिक भएका छन्, जसमध्ये दुईओटा घटनामा ७ वर्षमुनिका बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
बालिका बलत्कारका घटना दिनप्रतिदिन बढदै गएपछि बालिकाहरूको सुरक्षामा चुनौती थपिएकोमा अविभावकहरू चिन्तित छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १० गते जिल्ला अस्पताल कपिलवस्तुमा गरिएको प्रहरीले जनाएको छ ।