INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा सचिवलाई कुटपिट गरेको घटनाका आरोपित विरुद्ध उजुरी

नगराइन नपा–५ गङ्गुलीका वडा सचिव ४२ वर्षीय सुबोध झालाई वडा कार्यालयमा कुटपिट गरेको भन्दै पीडित झाले सोही ठाउँका ३२ वर्षीय राधेश्याम झा, ३५ वर्षीय भवन झा र ३० वर्षीय आलोककुमार झा विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा साउन १३ गते उजुरी दिनु भएको छ ।

पीडित झाले जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनु भएको हो ।

साउन ११ गते दिउँसो मादक पदार्थ सेवन गरेका आरोपितहरूले वडा सचिवको कार्यकक्षमै प्रवेश गरी आक्रमण गरेको पीडित सचिव झाको आरोप छ ।

सचिवमाथि आक्रमण गरिएको घटनाको विरोधमा नगराइन नगरपालिकाका वडा सचिवहरूले कार्यालयको कामकाज ठप्प पारेका छन् ।

हालसम्म आरोपितहरुलाई राजनीतिक संरक्षण दिँदै गिरफ्तार नगरिएको पीडित वडा सचिव सुबोध झाको आरोप छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भएको छ ।

अन्य

भिडियो