१९ वर्षीया युवतिलाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यान जिल्ला कपुरकोट गाउँपालिका–३ का २५ वर्षीय शुकलाल विकलाई साउन १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर साउन ८ गते बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा साउन १० गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।