शान्तिनगर गाउँपालिका–४ की ६९ वर्षीया भागवती न्यौपानेको हत्या गरेको आरोपमा प्रहरीले ७५ वर्षीय पति मोहनलाल न्यौपानेलाई साउन १० गते गिरफ्तार गरेको छ ।
भागवतीलाई आरोपितले साउन ८ गते घरायसी विवादमा कुटपिट गर्दा घाइते भएकी न्यौपानेको उपचारको क्रममा साउन १० गते कोहलपुर मेडिकल कलेज, बाँकेमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।
भागवतीको छातिमा चोट लागेका कारण रगत बान्ता गरेपछि साउन ९ गते कोहलपुर लगिएको थियो । मृतकपक्षले उजुरी नदिएको भएपनि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी आर्यालले बताउनु भयो ।
शवको पोष्टमार्टम भेरी अस्पताल नेपालगञ्जमा साउन ११ गते गरिएको छ ।