INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला इश्वरपुर नपा–१ का २८ वर्षीय शंकर सदालाई गिरफ्तार गरेको छ ।

घरमा कोही नभएको अवस्थामा आरोपित सदाले नातामा साली पर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । आफू घरमा समयमै आई पुगेपछि छोरीलाई बचाउन सफल भएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

आरोपित सदाले आफूमाथि पनि हातपात गरेपछि रोएर कराएको आवाज सुनेर स्थानीयहरू आएर आरोपितलाई नियन्त्रणमा लिएको पीडित बालिकाको आमाले जानकारी दिनु भयो ।

घटनाको सम्बन्धमा तत्काल प्रहरीलाई बोलाई कानुनी उपचारका लागि प्रक्रिया अगाडि बढाइएको गौशाला नगरपालिकाका उपमेयर आशा लामाले बताउनु भयो ।

आरोपित सदाले यसभन्दा अगाडि पनि एकीकृत नमुना मुसहर वस्तीमा बारम्बार झै–झगडा गर्दै आएको उपमेयर लामाले जानकारी दिनु भयो ।

आरोपित सदालाई गिरफ्तार गरेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । पीडित बालिकाको गौशाला प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो