रुबिभ्याली गाउँपालिकाका स्वास्थ्य संयोजक ४१ वर्षीय राजबहादुर तामाङलाई ०७८ असार ३० गते रुबिभ्याली गाउँपालिका-३ का ३५ वर्षीय च्याङ्वा भनिने राकेश तामाङले कुटपिट गरेका छन् ।
पीडितले कार्यालयमा कार्यरत रहेकै अवस्थामा आफूमाथि कुटपिट भएको भन्दै आरोपितविरुद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
पीडित तामाङको धादिङ अस्पतालमा उपचार गरियो । सामान्य उपचारपछि डिस्चार्ज हुनु भएका उहाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्दा समेत कारबाही नभएको गुनासो गर्नु भएको छ ।
कार्यालय भित्रै प्रवेस गरी स्वास्थ्य संयोजक तामाङलाई पछाडिबाट आएर एक्कासी कुटपिट गरेको भन्दै रुबिभ्याली गाउँपालिकाका कर्मचारीहरूको तर्फबाट कर्मचारी युनियनले सोही दिन एक विज्ञप्ति प्रकाशन गरी कुटपिटमा संलग्नलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम सजाय गर्न आग्रह गरिएको छ ।
कुटपिटमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठनका केन्द्रीय सदस्य हुन् ।