INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धवलागिरी गाउँपालिका–४ मुदीका ३३ वर्षीय केशव घर्तीलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार २९ गतेको इजलासले कसुर ठहर गर्दै आठ वर्ष कैद र र ४५ हजार क्षतिपूर्तिको फैसला गरेको छ  ।

पीडितलाई आरोपितले ०७७ जेठ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७७ भदौ ९ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७७ भदौ ११ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत जबरजस्तीकरणी शीर्षकमा ०७७ असोज ५ गते जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता गरेको थियो ।

अन्य

भिडियो