१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–६ शिवपुरका ४० वर्षीय समसुद्दीन धुनिया मुसलमानलाई असार २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार २७ गते बलात्कार गरेको भन्दै पीडितले असार २९ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका छन् ।
पीडितपक्षको मौखिक जानकारीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर अमृत भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।