INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

अपाङ्गता भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रघुगङ्गा गाउँपालिका–२ का ५२ वर्षीय दिलबहादुर केसीलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार २९ गतेको इजलासले कसुर ठहर गर्दै आठ वर्ष कैद र अपाङ्गता भएकी महिला भएकाले थप दुई वर्ष गरी १० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ  ।

पीडितलाई आरोपितले ०७६ माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत म्याग्दीमा ०७६ माघ २८ गते जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गराएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते  बेनी अस्पतालमा भएको थियो ।

अन्य

भिडियो