१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नगरपालिका–१५ का २५ वर्षीय बिठु सिंहलाई असार २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २७ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।