INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–८ का ५५ वर्षीय नारायण अर्याललाई असार २३ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार २३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका डिएसपी मदन कुवँरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २३ गते  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो