INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले ओमसतिया गाउँपालिका–६ का २२ वर्षीय कमल थारू विरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले ०७७ फागुन १० गते बलात्कार गरेको भन्दै दिएको उजुरीको आधारमा आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो