१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–२ का २१ वर्षीय सन्दिप लोधलाई असार १५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७७ पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १५ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।
यसैगरी, २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले रोहिणी गाउँपालिका–५ पिपरहवाका २१ वर्षीय माथेश्वरनाथ योगी विरुद्ध असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले जेठ २५ गते बलात्कार गरेको भन्दै उजुरी दिएको र आरोपित फरार भएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १५ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।